• KMC -3 Ranibari, Kathmandu Nepal
Follow Us:
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निमित्त निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्बन्धी सूचना
Mar 16, 2026 Uncategorized

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निमित्त निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्बन्धी सूचना

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निमित्त निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्बन्धी सूचना

आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कालिन्चोक हाइड्रोपावर लिमिटेडले आफ्‌नो कुल जारी पूँजी रु. ५५,००,००,०००/- को २५ प्रतिशत अर्थात रु. १३,७५,००,०००/- (अक्षरेपी तेह्र करोड पचहत्तर लाख रुपैंयाँ) रकम बराबरको रु. १००/- अंकित दरका १३,७५,००० कित्ता साधारण शेयर मध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ समेतको अधिनमा रही जारी पूँजीको १० प्रतिशत अर्थात रु. ५,५०,००,०००/-(अक्षरेपी पाँच करोड पचास लाख रुपैया) रकम बराबरको रु. १०० अंकित दरका ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुको लागि निष्काशन खुल्ला गरिएको र बाँकी रु. ८,२५,००,०००/- (अक्षरेपी आठ करोड पचीच्स लाख रुपैया) रकम बराबरको रु. १०० अंकित दरको ८,२५,००० कित्ताको १०% अर्थात ८२,५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई मिति २०८२ फागुन १३ गतेदेखि २०८२ फागुन १७ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिनु हुने ७४,५६८ जना आवेदकहरुलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको क्रमशः ८२,५०० कित्ता साधारण शेयरहरु मिति २०८२/१२/०१ गते आइतबार बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबै को लागि सूचित गर्दछौं ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निमित्त निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्बन्धी विवरण धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट: www.rbbmbl.com.np वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेभसाइट : www.iporesult.cdsc.com.np बाट पनि हेर्न सकिने व्यहोरा समेत जानकारी गराउँदछौं।

साथै, सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिनुहुने आवेदकहरुको बाँडफाँडमा नपरेको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्था मार्फत रोक्का रहेको रकम फुकुवा हुने व्यहोरा समेत सर्वसाधारणको जानकारीको लागि अनुरोध गर्दछौं ।